पर्खाइ

भाेली नयाँ दिन
अाउला नअाउअा
भाेली नयाँ घाम
उदाउला नउदाउला
भाेली नयाँ जूनले
हंसाउला नहसाउला
भाेली नयाँ पालुवा
पलाउला नपलाउला
भाेली नयाँ फूल
फूल्ला नफूल्ला
सुवास हावामा
उड्ला नउड्ला
भाेली याे जमिन
खाली हाेला नहाेला
नयाँ विरूवा उमार्न
सुख्खा खडेरी
रसिलाे बनाउन
स्वर्गका इन्द्ले
चिठी जस्तै पठाएकाे
बर्षातले अाज जस्तै
रंगिन र रमाइलाे अाभाष
भाेली देला या नदेला
भाेली याे मनै पनि
रहला नरहला
भाेली याे माया
रहला नरहला
कस्ले जानेकाे छ
जीवन लिला
भाेली अाफ्नैं स्वास
रहला नरहला
फालीदिउँ व्यथाहरू
मनकाे गर्मी
तनकाे गर्मी
हटाउन
बर्षा
ऋतु सिगार्न
चिसाे पानी
सापटी लिएर
अाउ अाजै अाउ प्यारा
याे बर्षातमा
मनका पत्रैपत्रदेखि भिजाै ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *