भत्केको घर

त्यो शनिवार
बुबा सुस्ताउँदै थिए
घरको पिढीमा
त्यहिं विलिन भए
आमा आँगनमा विस्कुन सुकाउँदै थिइन्
धरमराउँदै घोप्टिइन्,
जमिन हल्लियो
हल्लिइरह्यो,रोकिएन एकैछिन
जव रोकियो,सबै सिद्ध्यायो,सखाप बनायो
छानो खस्यो
धुरी खाँवो खस्यो
वलो खस्यो
घरको पर्खालै भत्क्यो
घर गल्र्याम्मै खस्यो
भाषियो ,नासियो
वालाई कचक्कै किच्यो
त्यो शनिवार
बा सुस्ताउँदै थिए
घरको पिढीमा
त्यहिं विलिन भए
आमा अँगनमा विस्कुन सुकाउँदै थिइन्
धरमराउँदै घोप्टिइन्,
विस्कुन फिजिएको मान्द्रा माथि
जव चेतमा आइन् अस्पतालको बेडमा उन्ले
अन्तिम पल्ट मलाइ पुलुक्क हेरिन्
म काठमाण्डौ भाषिएको थिएँ
पढ्न ,जागिर खान र बा आमाको
सपना पूरा गर्न
खैर अव कुन सपना बोकेर बाँचुँ म
कस्को सपना सजाउन बाँचुँ म
म उँभो लागेको हेर्ने ,
रमाउने मान्छे नभए पछि
बा आमा नैं नभए पछि
जन्म दिने आमा बा को
अन्तिम संस्कार
गरेर म फर्के पछि
छ यहा कुनै उज्यालो
मलाई खुसी दिलाउने
शितलता र तापको
स्पर्स पिलाउने
जुन या घाम
आमा र वा जस्तै
छु पर्खाइमा !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *