मुस्कुराइ देउ

नदेखुन् दुनियाले
तिम्रा रसाएका नयन
बनीदेउ रहस्यमयी
बरमुढा ट्रयांगल जस्तै
स्वार्थी दुनिया सामु
बर्साइदेउ बनावटी मुस्कान
अाफ्नैं दाँतलाइ
हतियार बनाउ
मुस्कुराइ देउ
बस्
शताव्दियौ देखि
हाम्ा हजुरआमाहरूले
काठको सन्दुक भित्र
भोटेताल्चा लगाएर सम्हालेका
वकसपत्र वा हजुरबाले दिएका
सौभाग्यकै रूपमा
लुकाएका
अन्धविश्वास र कुरीतीहरू
बर्षाैं देखि सहेका
बर्षाैं देखि खपेका
केवल नारी हुनुकाे
सहिछापमा कमाएका
पीडाका कहानी छाेप्न
मुस्कुराइ देउ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *