विद्रोह

जब बेदना फुल बन्यो कथा संग्रह बाट

काँ गै होला त ! यत्ती राति ……।

हैन के भन्छे यो ? भोलिको विहे छ ……।

निसासँग ट्वाइलेट जान्छु, भन्थी रे । यतिवेलासम्म पनि आइन, निसाले ट्वाइलेटमा पनि हेरेकी रे, छैन……। रातभरी एताउता खोजे छोरी छैन । भोलिपल्ट पनि खोजे, कतै छैन । अहँ छोरीको केही अत्तोपत्तो लागेन । एकहप्तासम्म खोजे ।

मास्टरको यति एउटी छोरी । विहे भएको १५ वर्षमा कति प्रयत्नपछि जन्मेकी । देश विदेशका तीर्थस्थल दर्शन गरेनन् की आयुर्वेदिक औषधी गरेनन् की, शिवजीलाई शिवरात्रीमा रातभरी ठाडो वत्ती बालेनन् की । आफ्नो वँुताले सकेसम्म र भ्याएसम्म, सुनेका कुरा केही गर्न बाँकी राखेनन् । आखिरमा वद्रीनाथको दर्शन गरेपछि उनी पेटमा आएकी रे नाम पनि बद्रिका राखे बोलाउँदा प्यारले बाबा भन्न थाले ।

देख्यौ त मेनका मेरी छोरीले आज कक्षामा सवैभन्दा बढ्ता नम्वर ल्याई । म यसलाई धेरै पढाउँछु । छोरीलाई धाँप मार्दै मास्टर भन्छन् ।

नराम्रो ग¥या भा तेरी छोरी यस्ती यस्ती भन्नु हुन्थ्यो । क्यार राम्रो गरेर आफ्नी छोरी भै मास्टरनी विस्कुन सुकाउँदा सुकाउँदै झिस्किन्थन ।

यस्तै कुराहरू गरेर मास्टरनीलाई चिढ्याउन त बेलावखत हाँस्ने बाटो निकाल्थे मास्टर ।

बाबा हलक्क बढ्दै गई , उसको चढ्दो यौवनसँगै एस.एल.सी पनि पास गरी राम्रो नम्वर ल्याएर । अब त क्याम्पस पढ्नुपर्छ । शहर कसरी पठाउँने, यत्ति एउटा आँखाको नानी छ …..। मास्टर मास्टरनी कुरा गर्दागर्दै आत्तिन्थे, मास्टरनी त आँसु नै झार्थिन् । आमा ….म सधैको लागि जाने त होइन नि । बरु बुबा आमा बेलाबेलामा भेट्न आउनु, पढाई सकिएपछि त म आइहाल्छु । दशैं, जाडो विदामा आउँछु । आमाको आँसु पुछ्दै बाबा सम्झाउँथी ।

सिमलडाँडाको पंण्डित गाउँमा जम्मा दश बाह्रवटा घर छन् । सवै तराई झरीसके । अलि घरवारी थोरै भएकाहरू र जागीर नभएकाहरू तराईमा जग्गा किन्न सक्दैनथे, त्यसैले गाउँमा नै दुःख जेलो गरेर तराई झर्नेहरूको अधिया गरेर जीविकोपार्जन गरेका थिए । मास्टर भने त्यस वर्गमा पर्दैनथे । दुुईछाक राम्रोसँग खान पुग्ने खेतवारी थियो । त्यसमाथि पनि उनी मास्टर थिए । भाइले एकचोटी संझाएका हुन् ।

तराईमा बसीबसी धान फल्छ । यहाँ दुःख गरेर एकमानु, जाउँ दाइ उतै !

मलाई यो गाउँ छोडेर– कतै जान पटक्कै मन लाग्दैन । यो पाल्लेगराको चौर किरिन्चे खोला, आँखेत र पारिबन  छोड्न मन लाग्दैन । गाउँमा बैठक बस्दा पनि विकास निर्माणकै कुरा ल्याउँछन् । यो प्राथमिक विद्यालय, माध्यमिकसम्म बनाइयो, अब उच्च मा.वि  …. । उनको विरुद्धमा कसैले औंला ठड्याएन अँधेरी खोलादेखि पानी खनेर गाउँमा पँधेरो बनाएँ सवैको घरमा तरकारी वाह्रैमास हुन्छ । सीताको बावु वितेपछि उसको लागि स्कूलको फिस तिर्नेदेखि लिएर कापी, कलम, उनैले, बेहोरे प्राय बच्चाहरूले उनलाई ‘जाती बा’ भन्दछन् ।

पछि तराईबाट उनका भाइ आउँदा दङ्ग परेका थिए ।

बाटो, पानी, विजुलीवत्ती, सबै सुविधा छ, तराईभन्दा के कम भयो र अब गाउँ ।

भाइले मन कल्पदै भनेको सुनेर–

आइज त गाउँमै, सवै परिवार लिएर आइज भन्दै गललल्ल हाँस्छन् मास्टरजी ।

बेलुकाको खाना खाएर दाजुभाइ पिँढीमा बसेर गफ गर्दैछन् । मास्टरनी जुठेल्नामा भाँडा माझ्दैछिन्, बाबा भाडा पखाल्दै घोप्ट्याउदै छिन् ।

होइन दाइ अब त बाबाको विहे गरीदिने होइन भन्या……। केटा राम्रो छ । तराईमा १५ विगाहा जग्गा छ ,काठमाण्डौमा घर छ । केटा अहिले डक्टरी पढ्न अमेरिका  जान लाग्या छ । विहे गरेर उतै लिएर जाने रे…।

सरासर भाइको कुरा काट्दै एस.एल.सी पास गरी क्याम्पस पढाउनुपर्छ, विहे गर्ने उमेर पनि भा..छैन ।

दाइ ! यस्तो मौका फेरिफेरि आउँदैन अलि सानै छे र हो नत्र मेरै छोरी …….।

दाइको मनमा च्वास्स विझ्यो मनमनै भने–

यो चाहिँ तेरी छोरी होइन, तैपनि भने एउटी छोरी, आँखाकी नानी ।

हैन, दाइले पनि के भन्या हामी छैनौ र ! के तपाईकी छोरी, मेरी छोरी होइन र ? आफ्नै घर नजिक भएर मागेका, सन्चो विसन्चो खबर गरिहाल्छु । यै कुरा गर्न त यहाँ आएको, नत्र मलाई के खाँचो थियो र मंसिर मास, धान थन्क्याउन छोडी छोडी ……। सोच्नुस् दाइ यत्तीको घर पाउन चाहिँ गाह्रो छ है ।

बाबाले सवै सुनिसकेकी छे, बुबा उस्कै पक्षमा छन् । ऊ आफ्नो कोठाभित्र छिरी । भाँडा भित्र राखेर आमा चाहिँ दाजुभाइकै कुरामा मिसिन्छन् ।

यो अंकल चाहिँ किन हतार भाऽको हो ? मनमनै सराप्छे । यस्तैमा एकछिनपछि आमा उनी बसेको कोठाभित्र पसिन्–

छोरी.. छोरी …एकोहोरो हरेर मनमा गाँठो पार्दै भनिन्

छोरी नरिसाऊ हैं, म एउटा कुरा भन्छु ?

किन रिसाउने आमा ? के कुरा हो बरु भन्नु न !

अब त एस.एल.सी पनि ग¥यौ… । अंकलले बिहेको कुरा लिएर आउनु भा….रैऽछ । घर राम्रो छ रे, के गर्नु छोरीको जात एकचोटी …….। फेरि गाउँ, समाज, सवै विचार गर्नै प¥यो ।

आमा…..म विहे गर्दिन, यस्तो कुरा नगर्नुस्, म त पढ्छु ।

मेरो त झन् नौवर्षमा नै विहे भयो । तिमी त सत्र पुग्ने वेला पनि भयो । भोलि अंकल गएर पर्सी टीका लगाउन आउने रे, फोटो हेरिसकेछन् ।

आमा म विहे गर्दिन, गर्दै गर्दिन, बुबालाई यहाँ पठाइदिनु त …।

बुवाले पठाएर त म आएकी ……आमा तपतप आँसु झार्छिन् ।

आमा गएपछि रातभरि रोइरही “बाबा” । भोलिपल्ट अंकल तराई गएर पर्सीपल्ट केटा लिएर आए । बाबा खाना नखाएर, झोक्राएर बसिरहिन्् । उनले नचाहँदा नचाहँदै टीकाटाला गरे । आमा–बुवाप्रति माया म¥यो बाबाको । केटाहरू फर्के विवाह अंकलको घरबाट गर्ने निर्णय भएकाले २, ४ दिनपछि बद्रिकालार्इं लिएर मास्टर– मास्टरनी तराई झरे दाइजो वेहुुला अनुसारको दिइने भयो । विवाहको  लागि भव्य तयारी भयो । अंकलकी छोरी नीताले–

दिदी …..भोली …त !; किन टोलाउँनु भएको ?

बाबा झन उधोमुन्टो लगाएर झोक्काएर  बस्थी ।

त्यहीरात बाबा हराएकी थिई सवैतिर खोजियो, ज्यूँदैछ की छैन …पत्ता लागेन । सिरानीमुनी एउटा पत्र भेटियो । त्यसमा लेखिएको थियो ।

आदरणीय आमा वुवा प्रणाम,

यो विवाह मेरो इच्छा विपरित गरिन लागेको हुँदा मलाई यो मन्जुर छैन, केही गर्न सके फर्कूला, नत्र सधैका लागि विदा, छोरी मरी भन्ने सम्झनु ……..। मलाई नखोज्नु विदा ।

आमाबावु डाँको छोडेर रुँन थाले । अंकल मुरमुरिए–

अलच्छिना मेरो त नाकै काटिदिई, यो ठाउँमा कसरी मुख देखाएुर बस्ने हो ।

अब मास्टर मास्टरनी मुखमा कालोमुुुसो दलेर गाउँ फर्के । पँधेरा, गोठाला, खेतबारी, सबैेतिर सबैको मुख उद्याउन, थाले । अपुताले बल्लबल्ल छोरी पा’थ्यो त्यै पनि पोइला हिँडी । कसै–कसैले भन्थे– बिचरा अरुलाई सरल्लाह दिन्थे, आज आफ्नै छोरी कर्म नै यस्तो । स्कूल पनि राजीनामा दिए, घरमा झोक्राएर बस्छन्, खै के के सोच्छन्– बैठकमा पनि आउँछन्् । चारबर्ष भयो । मास्टरनी पनि त्यै पीरले असक्त र विरामीजस्ती भै सकिन् । तर आज उनको घरमा गाउँलेहरू आउँनै छोडे, पहिले आँगन पिँढी सवैतिर टन्न ? मान्छे हुन्थे, सपना जस्तै भएको छ, त्यो सब ।

भाइले पनि केही मत्लव गरेनन् । भेट्न आउँनै छोडे, उल्टै तरार्ई नझर्नु भन्ने खबर पठाए । बुढेसकालकी सहारा छोरी पनि …..। बरु पढाएको भए त आज यो दिन …. मास्टर मास्टरनीसँग बेला बेलामा दुःख पोख्छन् । विहान सात बजेको समाचार सुून्दै थिए ….।.

ए ठूलो बा !

ठूली एक्कासि उफिएर मास्टरनीलाई बोलाए आऊ न आऊ, बाहिर आऊ त ……हाम्री छोरी .।

मास्टरनी आगो सल्काउँदा सल्काउँदै छोडेर हस्याँङ फस्याँङ गर्दै बाहिर आई ।

खै छोरी …..।

देख्यौ त हिम्मती छोरीको कर्मै प्यारो, बेकार नाना थरी ……।

भोली पल्टमै मास्टर मास्टरनीसँग काठमाण्डौं गए र रेडियो नेपालमा पुगे । छोरीलाई भेटे, सवैले हर्षका आँसु बर्षाए । मास्टर मास्टरनीले पूनर्जन्म पाए ।

 

कृपया कमेन्ट गर्नु होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *