सोच

अहो! आज त कस्तो साइत जुरे जस्तै गरि भेट भयो नी अनु जी । आश्चर्य प्रकट गर्दै रिनाले आफ्ना आँखाहरु अनुले हातमा लिइराखेको तरकारीको प्लाटिकमा सरर नजर दौडाउँदै सोधिन्— ए ! तरकारी किनेर ल्याउनु भएको ? कुन पसलबाट ल्याउनु हुन्छ नी ? उनका बोली टुंगिएपछि अनुले मुखको इसाराले पसलतिरै देखाउँदै भनिन् ,म उ त्यो पसलबाट किन्छु, तिनै बहिनीले भाउ पनि मिलाएर दिन्छिन् । त्यहाँ पानीपुरी र चट्पटे पनि पाइन्छ,कस्तो मिठो बनाउँछिन् । मेरा त बच्चाहरुले पनि त्यही पसलको पानीपूरी र चट्पटे खान्छन् । रिनाले आँखी भौं खुम्च्याउदै मुख पूर्ण रुपमा कुच्चिएको कपडा झैं कच्याकुचुक बनाएर जिव्रो टोकिन् र अनुको अनुहार खाउँला झै गर्दै भनिन् ..छ्या. तपाइ त्यहाँको खानु हुन्छ ? किन र ? अनुले अचम्म मान्दै रिनाको हेरिनसक्नु भएर विग्रिएको अनुहारमा एकटकले हेर्दै सोध्छिन् …अनुले ठूलै अपराध गरीन् कि झैं गर्दै अनुबाट अलि पर सरेर भनिन् …त्यो त दमिनी हो नी था छैन र तपाइलाई ? म त खान्न त्यस दमिनीले बनाएको । कस्तो ख्याल नगर्नु भाको तपाइले अनु जी ? जे भए पनि हामीले चोखोनितो गर्नु पर्छ नी,नत्र हेप्छन् यी डुमहरुले । रिनाले अनुलाई सम्झाएपछि ल त म गएँ भन्दै, अनुले केहि भन्न नभ्याउँदै , आफ्नो बाटो लागिन् । रिनाको सोच देखेर अनु एकछिन् अवाक भएर उनी गएतिर हेरिरहिन् र मनमनै सोचिन्..आहो! २०२० सालको मुलुकी ऐनमा अन्त्य भएको जातभातको असमानताले अझैसम्म शिक्षित र शहरको नामी कजेजमा पढाउने शिक्षक वर्गहरुलाई त छोडेको छैन भने अशिक्षित र गाँउँगाउँका मानिसमा कस्तो हातल होला ? चेतनाको घामले कैले छोला !!!
अनु यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै बाटोमा हिड्दै थिइन्,रोडको छेउमा मान्छेको भिड देखिन् । के रहेछ भनेर भिडबाट भित्र छिरेर हेरेकी त रिना त्यहाँ एैया भन्दै पल्टिइ रहेकी थिइन् । उनलाई तीनै दमिनी दिदीले आफ्नो काखमा टेबा दिएर पानी खुवाउँदै र टाउकोमा पानी छम्किदै थिइन् । ए ला… रिना ..कोमल हृदयकी अनुले एक्कासी रिनालाई अँगाल्न पुगिन् ,के भो रिना जी तपाइलाई ! रिनाले मधुरो स्वरमा भनिन् ,हेर्नुन अनु जी आज सोमबार ,ब्रतको दिन हिड्दा हिड्दै चक्कर आयो र लडेछु ,दमिनी बैनी तिर देखाउँदै —उ बैनीले म लडेको देखेर उठाउनु भो पानी ,पिलाउनु भो ,कति दयालु मान्छे,मेरो निम्ति भगवाननैं भएर आउनु भो आज । अनुजी मलाई माफ गर्नुस् ,मेरो खराव सोचको परिणाम आज भगवानले देखाइदिनु भयो । अरु जो भिडमा थिए,अकमक्क परेर,कुराको छेउ टुप्पो बुझ्न नसकेर जिल्ल पर्दै कैले रिता ,कैलेै अनु त कैले दमिनी तर्फ प्रश्न सूचक अाँखाहरु दाैडाइरहे !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *